Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको साधारणसभा जेठ २६ गते,हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ११ : ०४ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको साधारणसभा जेठ २६ गते,हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय

प्रभु महालक्ष्मी लाइफको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ।

सो सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने छ।

कम्पनीले सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने जानकारी पनि दिएको छ। बोनस सेयरबाटै नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएकाले हकप्रद सेयर प्रस्ताव रद्द गर्न लागिएको कम्पनीले जनाएको छ।

यसका साथै, बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा राखिएको छ।

कम्पनीको साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ। साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ।

यसअनुसार, जेठ १६ गतेभन्दा पहिले कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। तर, जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा भएकाले सेयरधनीहरूले लाभांश पाउन जेठ १४ गते बुधबारसम्म कायम सेयरधनी हुन आवश्यक हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको