Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले क्षति पुर्‍याए पछि सान्भि इनर्जीको विद्युत उत्पादन ठप्प

अर्थ संसार

सोमबार, २० असोज २०८२, ११ : ५२ मा प्रकाशित

बाढीले क्षति पुर्‍याए पछि सान्भि इनर्जीको विद्युत उत्पादन ठप्प

असोज १८ र १९ गते देशैभर भएको अविरल वर्षाका कारण उत्पन्न बाढीले सान्भि इनर्जी लिमिटेडमा पनि ठूलो क्षति पुर्याएको छ । असोज १९ गते बिहान करीब २÷३ बजेको समयमा आएको बाढी र पहिरोले यस कम्पनीले सञ्चालन गरिरहेको जोगमाई खोला साना जलविद्युत आयोजना (७.६ मे.वा) र जोगमाई क्यासकेड जलविद्युत आयोजना (५.२ मे.वा) मा क्षति पुगेको हो ।

कम्पनीका अनुसार आकस्मिक रूपमा आएको उक्त बाढी र पहिरोले दुवै आयोजनाको भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुर्याएको छ । खोलामा बाढी आउने क्रम अझै नरोकिएको पनि कम्पनीले जानकारी दिएको छ ।

 

68e35cdb5d8f2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको