Like us!
Follow us!
Connect us!
Watch us!

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन पनि स्थगित

अर्थ संसार

सोमबार, २० असोज २०८२, १३ : ४६ मा प्रकाशित

मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन पनि स्थगित

निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचन स्थगित गरेको छ । आयोगले उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको जानकारी गराएको हो । 

आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ का लागि तोकिएको उपनिर्वाचन गत भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट ‘कफ्र्यु’ आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकाले अर्को निर्वाचन कार्यक्रमपछि प्रकाशन गर्नेगरी स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको