Like us!
Follow us!
Connect us!
Watch us!

महाशिवरात्रिको तयारी पूरा (फोटोफिचर)

आइतबार, २८ माघ २०७४, १६ : ५९ मा प्रकाशित

महाशिवरात्रिको तयारी पूरा (फोटोफिचर)

अर्थ संसार, काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कोषका अनुसार दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको छ ।

कोषले माघ २९ गते साँझ ७ बजेदेखि ठूला सवारी साधनलाई महाराजगञ्ज चक्रपथ र कोटेश्वरबाट पशुपतितर्फ जान रोक लगाएको छ ।

पशुपतिनाथको दर्शन गर्न चाहने भक्तजनले जुन बाटोबाट पशुपति मन्दिर प्रस्थान गरेको हो सोही बाटोबाट फर्कनु पर्नेछ ।

त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

5a8026e0ce300.JPG 5a8026e5299fc.JPG 5a8026f325a64.JPG 5a8026fb920e0.JPG 5a8026fd64132.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको