गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए । पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएको बताइएको छ ।
साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस