क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर यस्तो सूचना केन्द्रीय बैंकले जारी गरेको हो ।
 
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस