Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले पिपिए नगर्दा अपिपावरको हकप्रद सेयर जारी गर्ने समय लम्बियो

सोमबार, २९ माघ २०७४, १२ : ५५ मा प्रकाशित

प्राधिकरणले पिपिए नगर्दा अपिपावरको हकप्रद सेयर जारी गर्ने समय लम्बियो

अर्थ संसार, काठमाडौँ –  खुल्ल प्रतिष्पद्र्धाबाट सौर्य उर्जा परियोजनाको विद्युत् खरिद सम्झौता(पिपिए ) नभएका कारण अपिपावर कम्पनीको हकप्रद सेयर जारी गर्ने समय केही पर धकेलिने देखिएको छ ।

अपीपावर कम्पनीको केही समय अघि सम्पन्न साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न रु २ अर्ब २६ करोड ८० लाख बराबरको २ करोड २६ लाख ८० हजार कित्ताहकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले गरेपछि मात्रै हकप्रद सेयर निस्काशनको अनुमतिदिने बताएको छ ।विद्युत् खरिद सम्झौता भएपछि मात्र हकप्रद निष्कासन गर्न दिने भनेपछि रोकिएको पाइएको हो ।

अपीपावर कम्पनीको केही समय अघि सम्पन्न साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न रु २ अर्ब २६ करोड ८० लाख बराबरको २ करोड २६ लाख ८० हजार कित्ताहकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

अपिले विभिन्न स्थानमा १८ मेगावाट सौर्य प्रणाली  स्थापना गरी बिजुली उत्पादन गर्ने तयारी थालेको छ । कुल हकप्रद मध्ये कम्पनीले रु १ अर्ब २६ करोड ८० लाख विभिन्न सौर्य ऊर्जा आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यस्तै रु १ अर्ब भने जलविद्युत आयोजनामा लगानी गर्ने तयारी गरेको छ ।

प्रतियुनिट ८ रुपैयाँ ४५ पैसासम्म पीपीए दर पेश गरेका थिए । ऊर्जा मन्त्रालयले सोलार सम्बन्धित नयाँ कार्यविधिल्याई प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर हुने भनेपछि प्राधिकरणले पीपीए गरेको छैन् ।

सौर्यऊर्जाको पीपीए नभएसम्म बोर्डले हकप्रदका लागि स्वीकृति नदिने बोर्डको भनाइ छ । अपिका प्रमुख सञ्चालक सञ्जिव न्यौपानेले  प्राधिकरणले पीपीए गर्न अटेर गरेका कारण हकप्रद निस्काशनको समय केही पर धकेलिएको बताउनुभयो ।

विद्युत प्राधिकरणले प्रतियुनिट अधिकतम् ९ रुपैयाँ ६१ पैसामा सोलार आयोजनासँग बिजुली किन्ने भन्दै निजी कम्पनी बीच प्रतिस्पर्धा गराएको थियो ।

प्रतिस्पर्धाबाट सोलार आयोजनाले प्रतियुनिट ८ रुपैयाँ ४५ पैसासम्म पीपीए दर पेश गरेका थिए । ऊर्जा मन्त्रालयले सोलार सम्बन्धित नयाँ कार्यविधिल्याई प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर हुने भनेपछि प्राधिकरणले पीपीए गरेको छैन् ।

यता भारतमा सोलारको मूल्य घटेको भन्दै प्राधिकरणले पीपीए गर्न अटेर गरिरहेको छ ।  त्यसबेला २१ कम्पनीले ६३ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने प्रस्ताव प्राधिकरणमा गरेका थिए । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ ।

कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्रबोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ ।

अपीले हाल नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.० मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी गरेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको