Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकलाई ट्रयाक बाहिर जान नदिन सबै गम्भीर हुनुपर्छ - सञ्चारमन्त्री खरेल

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १५ : ४६ मा प्रकाशित

मुलुकलाई ट्रयाक बाहिर जान नदिन सबै गम्भीर हुनुपर्छ - सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष अनुसन्धान गरिने र दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।

आइतबार नेपाल पत्रकार महासंघको सञ्चारग्राम कार्यालय पुगेका मन्त्री खरेलले आन्दोलनमा घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्नहरू पहिचान गरी कडा कारबाही गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै त्यसमा कुनै दुविधा नराख्न आग्रह गरे।

उनले आगामी फागुन २१ गते तय भएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने विश्वास व्यक्त गरे। अहिले दलहरूसंगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ थियो ।  मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनताले अनुभूति गर्ने गरी सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणको शुरुवात गर्न सरकार प्रतिबद्ध रहेको बताए। मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने जोखिम रहेकाले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने खरेलको तर्क छ ।

उनका अनुसार अनलाइन सञ्चारमाध्यमहरूको दर्ता तथा नवीकरण प्रक्रिया सम्भवतः तिहारअघि नै सुरु हुनेछ। साथै, पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी पनि उनले दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको