सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने चर्चा चलेको बेला उनले सो विषयमा अहिलेसम्म निर्णय नभएको जानकारी दिएका हुन्।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए ।
उनले भने, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन,आउँछु पनि भनेको छैन । मैले केही पनि भनेको छैन । र मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहिँ आज म तपाईंहरूमार्फत भन्छु– मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस