Like us!
Follow us!
Connect us!
Watch us!

सर्वपक्षीय बैठकले चुनावको माहोल बनेको छ - सञ्चारमन्त्री खरेल

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १२ : ३४ मा प्रकाशित

सर्वपक्षीय बैठकले चुनावको माहोल बनेको छ - सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल, जेन–जी समूहलगायत सरोकारवालासहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण तयार भएको बताएका छन्। सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उनले सरकारको स्पष्ट प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक दलहरूको सक्रियताका कारण निर्वाचन सुनिश्चित भएको बताएका हुन्।

प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न उनले सबैसँग अनुरोध गरे ।

उनले जनतालाई सही सूचना प्रवाह गर्ने जिम्मेवारी बोकेको आमसञ्चार क्षेत्रप्रति विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको