अर्थ संसार, काठमाडौँ–सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।
पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ ।
यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस