Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिकका लागि कामना सेवा विकास बैंकले घटायो ब्याजदर

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, ०९ : ५४ मा प्रकाशित

कात्तिकका लागि कामना सेवा विकास बैंकले घटायो ब्याजदर

कामना सेवा विकास बैंकले कात्तिक महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले आज सूचना प्रकाशित गर्दै व्यक्तिगत मुद्दति निक्षेपमा कात्तिक महिनाका लागि अधिकतम ब्याजदर ५.७६ प्रतिशत निर्धारण गरेको जनाएको छ। यो दर अघिल्लो महिना असोजमा कायम ६ प्रतिशतभन्दा कम हो।

त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि बैंकले घटाएको छ। असोज महिनामा ४.९० प्रतिशत ब्याजदर दिँदै आएको बैंकले कात्तिकमा सो दर घटाएर ४ प्रतिशतमा झारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको