Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दीखोला जलविद्युत् आयोजनाको काम युद्धस्तरमा, २०७५ चैतमा सक्ने लक्ष्य

मंगलबार, ०१ फागुन २०७४, १८ : ४७ मा प्रकाशित

दोर्दीखोला जलविद्युत् आयोजनाको काम युद्धस्तरमा, २०७५ चैतमा सक्ने लक्ष्य

अर्थ संसार, काठमाडौं – जलजुङमा आयोजना स्थल रहेको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य युद्धस्तरमा अगाडि बढेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड मुख्य प्रवद्र्धक रहेको कुल २७ मेगावाट क्षमताको सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण सम्पन्न भएको हो ।

आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य अगाडि बढेपछि त्यसले सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।

प्रवद्र्धक हिमालयन पावरले आयोजना निर्माणको काम तिब्रता दिएको छ । हालसम्म आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको कुल लागत रु ४ अर्ब २३ करोड रहेको छ । आयोजनाबाट वार्षिक १४ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने छ ।

आयोजनामा एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३५, आईएमई ग्रुपको ३५ र सर्वंसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।

आयोजनाबाट सञ्चालनमा आएको पहिलो वर्ष बिजुली बिक्रीबाट रु ७६ करोड आम्दानी गर्ने जनाइएको छ ।

आयोजनामा प्राइम कमर्शियल बैंकको अगुवाइमा नविल बैंकलगायत आधा दर्जन बैंकको अगुवाइमा रु ३ अर्ब १७ करोड ऋण लगानी भएको छ ।

आयोजनाको २.७ किलोमिटर सुरुङ मध्ये १.४ किलोमिटर निर्माण सम्पन्न भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको