Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रेरा’: ब्राइडलदेखि फ्युजन वियरसम्म, नक्सालमा सुरु भयो नयाँ फेसन गन्तव्य

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १० : १८ मा प्रकाशित

‘प्रेरा’: ब्राइडलदेखि फ्युजन वियरसम्म, नक्सालमा सुरु भयो नयाँ फेसन गन्तव्य

राजधानीमा नयाँ फेसनको गन्तव्य थपिएको छ — ‘PRERAA’, एक आकर्षक Ethnic Bridal & Fusion Wear स्टोर, हालै नक्सालस्थित सानो गौचरनमा भव्य रूपमा उद्घाटन गरिएको छ।

केही दिनअघि सम्पन्न ग्रान्ड ओपनिङ समारोहमा फेसन क्षेत्रका व्यवसायी, मोडलहरू, फेसन प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

‘PRERAA’ की संस्थापक तथा फेसन उद्यमी प्रेरणा भण्डारीका अनुसार, यो स्टोर परम्परागत नेपाली र दक्षिण एसियाली फेसनलाई आधुनिक सौन्दर्यका साथ पुनः परिभाषित गर्ने प्रयास हो। उनले भनिन्,

“हामीले ‘PRERAA’ मार्फत परम्परा र समसामयिक शैलीको सुन्दर संयोजन प्रस्तुत गरेका छौँ। यो ठाउँमा ग्राहकले आफ्नो मौलिक पहिचानलाई झल्काउने साथसाथै आधुनिक फेसनको स्वाद पनि अनुभव गर्न सक्नेछन्।”

‘PRERAA’ मा Ethnic Bridal Collection, Contemporary Fusion Wear, Custom-Made Designer Dresses, Party Gowns, तथा Cultural Attire with a Modern Twist जस्ता विविध फेसन परिधान उपलब्ध छन्।

फेसनका जानकारहरूका अनुसार, नेपाली बजारमा यस्ता फ्युजन फेसनका विकल्पहरू सीमित रहेका बेला ‘PRERAA’ ले नयाँ र फरक पहिचान निर्माण गर्ने सम्भावना राख्छ।

स्टोरमा व्यक्तिगत डिजाइन परामर्श, मापनअनुसारको सिलाइ सुविधा, र ट्रेन्ड–अनुसारको कलेक्शन उपलब्ध छन्, जसले युवादेखि दुलहीसम्म सबैको रुचिलाई सम्बोधन गर्छ।

‘PRERAA’ नक्साल, सानो गौचरनमा अवस्थित छ। ग्राहकहरूले फेसन कलेक्शन हेर्न वा अर्डर गर्न 9767285412 / 9810546466 मा सम्पर्क गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको