Like us!
Follow us!
Connect us!
Watch us!

द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ अवार्ड

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १२ : ०५ मा प्रकाशित

द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’  मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ अवार्ड

नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज‘ को उपाधिबाट सम्मानित गरिएको छ।

कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा कलेजको नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न गरेको सफलताको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो। 

कलेजका प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले श्रीमती शोभा कँडेलका साथमा उक्त सम्मान ग्रहण गरे । उक्त अवुरमा कँडेलले पुरस्कार संस्थाको मात्र नभई कलेजसँग ठूलो सपना देख्ने हरेक विद्यार्थीको लागि भएको बताए । यो अवार्डले नेपालमा वास्तविक बेलायती शिक्षा प्रदान गर्ने र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नसक्ने नेतृत्व तयार पार्ने अभियानलाई प्रमाणित गरेको उनको भनाइ छ । ‘हामी नेपाल र विश्वबीचको सेतु बन्न पाएकोमा गर्व गर्दछौं’ उनले भने ।

उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे, मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, र युनिभर्सिटी अफ ग्रिनीचका वरिष्ठ प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको