द ब्रिटिश कलेजसँग सम्बन्धित केही भिडियो सामग्री प्रसारण गर्दा त्रुटि भएको स्वीकार गर्दै डाँफे मिडियाले औपचारिक रूपमा माफी मागेको छ। मिडियाले हालै प्रसारण गरिएका भिडियो सामग्रीबारे आत्ममूल्यांकन गर्दा पर्याप्त तथ्य, आवश्यक सत्यपन तथा यथार्थ पुष्टि नगरी सामग्री सार्वजनिक गरिएको निष्कर्षमा पुगेको जनाएको छ।
केही व्यक्तिहरू तथा विद्यार्थीहरूबाट आएको दबाब र अपूर्ण जानकारीका आधारमा सामग्री सार्वजनिक गरिएको भन्दै यसलाई पत्रकारिताको मूल मर्म र जिम्मेवारी विपरीत भएको स्वीकार गरिएको छ।
यस कार्यबाट द ब्रिटिश कलेज, त्यसको व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित अन्य पक्षमा पर्न गएको मानसिक, सामाजिक तथा संस्थागत असरप्रति डाँफे मिडियाले हार्दिक तथा निःशर्त माफी मागेको छ।
साथै, सुधारात्मक कदमस्वरूप द ब्रिटिश कलेजसम्बन्धी सम्पूर्ण भिडियो सामग्री आफ्ना सबै प्लेटफर्मबाट हटाउने निर्णय गरिएको पनि मिडियाले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस