Like us!
Follow us!
Connect us!
Watch us!

आज रोज डेः के हुन्छ विभिन्न रङको गुलाबको अर्थ ?

सोमबार, १७ पुस २०७४, ०८ : ०९ मा प्रकाशित

आज रोज डेः के हुन्छ विभिन्न रङको गुलाबको अर्थ ?

काठमाडौँ – आज विश्वभर ‘रोज डे’ मनाइँदै छ ।प्रणय दिवसकै लागि भनेर  भारतबाट एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो ।

अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग छ । पछिल्लो समय युवापुस्ता माझ प्रणय दिवसको महत्व बढ्दै गएको देखिन्छ ।

आजको दिन प्रेमी र प्रेमिकाको बीच गुलाबको आदानप्रदान गरेर ‘रोज डे’ मनाउने चलन छ । बजारमा ४० देखि १ सय रुपैयाँसम्मको गुलाबहरु रहेका छन् ।

के तपाईले आफ्नो प्रमी तथा प्रमीकालाई गुलाब दिनुभयो रु या त आफू टाढा भएर च्याट मार्फतै गुलाबको फूल पठाउनुभयो रु विभिन्न रङको गुलाबको अर्थ पठाउनुको बेग्लावेग्लै छ । के त्यसबारे तपाईंलाई थाहा छ ?
 
रातो रङको गुलाबलाई  प्रेमको प्रतीक मानिन्छ । यसलाई तिर्सना र इच्छा व्यक्त गर्ने माध्यमको रुपमा पनि लिइन्छ ।सेतो रङलार्ई शुद्घता र निर्दोषको प्रतीक मान्ने गरिन्छ । यस्तै सेतो रङको गुलाबलाई सम्बन्धको सुरुआतका रुपमा दिने गरिन्छ ।

पहेलो रङको गुलाब विशेषगरी साथीलाई दिने गरिन्छ । यसलाई मित्रताको प्रतीक मानिन्छ ।गुलाबी रङलाई सुन्दर रङको रुपमा हेर्ने गरिन्छ ।

गुलाबी रङको गुलाबलाई प्रशंसा, आनन्द र कृतज्ञता प्रकट गर्न दिने गरिन्छ ।सुन्तला रङको गुलाबलाई आवेग र उर्जाको प्रतीक मान्ने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको