Like us!
Follow us!
Connect us!
Watch us!

दुइ महिनामा राष्ट्रियस्तरका विकास बैंककाे नाफा करिब डेढ अर्ब - कसले कति कमाए ?

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १३ : ३३ मा प्रकाशित

दुइ महिनामा राष्ट्रियस्तरका विकास बैंककाे नाफा करिब डेढ अर्ब - कसले कति कमाए ?

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना (भदौ) सम्ममा राष्ट्रियस्तरका विकास बैंकहरूले करिब डेढ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार, भदौ मसान्तसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले जम्मा १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ती बैंकहरूको नाफा १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ रहेको थियो। त्यस अनुसार, चालु वर्षको सो अवधिमा विकास बैंकहरूको नाफा ९.९४ प्रतिशतले घटेको छ।

सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ

समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ३ वटा बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ। चालु वर्षको भदौसम्म मुक्तिनाथ विकास बैंकले ३६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको भदौसम्म बैंकले ३२ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेको छ।

अन्य बैंकहरूको अवस्था कस्तो ?

दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २७ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४.९६ प्रतिशतले घटेको छ।

यसैगरी तेस्रो धेरै नाफा कमाउने बैंकमा कामना सेवा विकास बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म बैंकले १७ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको समीक्षा अवधिमा ०.४२ प्रतिशतले बढेर १७ करोड ७७ लाख रुपैयाँ पुगेको छ। चालु वर्षको भदौसम्म शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७ करोड ५५ लाख रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड २ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा शाइन रेसुंगाको नाफा १८.५३ प्रतिशत र ज्योतिको १३.२६ प्रतिशतले घट्दा सांग्रिलाको १४.६० प्रतिशतले बढेको छ।

यसैगरी भदौसम्म महालक्ष्मी विकास बैंकले १० करोड ७४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा महालक्ष्मीको नाफा ३७.३३ प्रतिशत र लुम्बिनीको ६७.२७ प्रतिशतले घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको