Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो विकास बैंकको नाफा - अग्रस्थानमा गरिमा हुँदा लुम्बिनी भने घाटामा, कसको नाफा कति ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १६ : १५ मा प्रकाशित

घट्यो विकास बैंकको नाफा - अग्रस्थानमा गरिमा  हुँदा लुम्बिनी भने घाटामा, कसको नाफा कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा गिरावट देखिएको छ। बैंकहरूको सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा नाफा ४५.२० प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरूले चालु वर्षको सोही अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा कमाएका छन्। यस अवधिमा ४ बैंकहरूको नाफा घटेको छ भने ३ बैंकहरूको नाफा सुधार भएको छ। लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ।

 कसको नाफा कती ? 

सबैभन्दा बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । जसले तीन महिनामा आफ्नो नाफा ११ प्रतिशतले वृद्धि गरेर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुर्‍याएको छ। त्यस्तै, मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा भएपनि यसको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ पुगेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा पनि १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यसको नाफा २३ करोड ९३ लाख रुपैयाँ थियो।

कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख पुगेको छ भने महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले वृद्धि भएर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ। सर्वाधिक नाफा वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ  । जसको नाफा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यस्तै,ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। असोज मसान्तसम्मको अवधिमा लुम्बिनी विकास बैंकको नाफा ऋणात्मक रहेको छ र यसको नाफा ३४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको