नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
योसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भए पनि विवादका कारण उनीहरुको शपथ रोकिएको थियो। प्रधानमन्त्री कार्की भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनले भदौ ३० र असोज ६ गते आफ्नो मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस