Like us!
Follow us!
Connect us!
Watch us!

'सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु नै पर्छ'

अर्थ संसार

बुधबार, २८ माघ २०८२, १३ : ५२ मा प्रकाशित

'सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु नै पर्छ'

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आयोगले महत्वपूर्ण काम गर्दै आएको भन्दै पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ। पछिल्लो समय आयोग अझ सक्रिय, निर्भिक र सशक्त ढंगले काम गरिरहेको छ।मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो। समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा सुनिश्चित हुन्छ। हाम्रो देशमा संविधानमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरिएको छ। यसको कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारीमा एक प्रकारको डर उत्पन्न भएको छ। हामीसँग सुनुवाइका लागि विशेष अदालतदेखि कानुनी र नीतिगत पर्याप्त संरचना उपलब्ध छन्। तर किन भ्रष्टाचार कम भइरहेको छैन भन्ने कुरा चिन्ताजनक छ।’

जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको