Like us!
Follow us!
Connect us!
Watch us!

अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् - सुशीला कार्की

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १० : ०३ मा प्रकाशित

अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् - सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र दृढ सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक चरणमा आइपुगेको बताएकी छन् । उनले अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना समेत गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’

नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबैप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको