Like us!
Follow us!
Connect us!
Watch us!

कर्तव्यपालनको क्रममा प्रहरीबाट हुने क्रियाको जिम्मा राज्यले लिन्छ - प्रधानमन्त्री कार्की

अर्थ संसार

सोमबार, १९ माघ २०८२, ११ : १८ मा प्रकाशित

कर्तव्यपालनको क्रममा प्रहरीबाट हुने क्रियाको जिम्मा राज्यले लिन्छ - प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले कर्तव्यपालनका क्रममा प्रहरीले गरेका व्यवसायिक निर्णयको जिम्मेवारी राज्यले लिने स्पष्ट गर्दै, सही निर्णय गर्दा हुने आलोचनाबाट नडराउन प्रहरीलाई आग्रह गरेकी छन्।

नेपाल प्रहरीका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने सरकारको दृढ चाहना रहेको बताइन्। निर्वाचनका क्रममा एक थोपा रगत पनि नबगोस् र एकजना पनि घाइते नहोस् भन्ने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै, कर्तव्य निर्वाहका क्रममा हुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को आन्दोलनपछिको कठिन समय नेपाल प्रहरीका लागि चुनौतीपूर्ण रहे पनि ती चुनौती पार गर्दै प्रहरी संगठन अझ संगठित, अनुशासित र विश्वसनीय संस्थाका रूपमा स्थापित हुन अग्रसर भएको बताइन्।

उनले आसन्न निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासका लागि उदाहरणीय मानक बन्नुपर्ने उल्लेख गर्दै, निष्पक्ष, भयरहित र विश्वसनीय निर्वाचन गराउन सुरक्षाकर्मीको भूमिका निर्णायक हुने बताइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको