Like us!
Follow us!
Connect us!
Watch us!

ओली र प्रचण्डबीच वान टु वान छलफल सुरु, संयोजन समितिको बैठक आजै बस्ने

बुधबार, ०२ फागुन २०७४, १४ : २८ मा प्रकाशित

ओली र प्रचण्डबीच वान टु वान छलफल सुरु, संयोजन समितिको बैठक आजै बस्ने

अर्थ संसार, काठमाडौं– पार्टी एकतालाई अन्तिम रुप दिने लक्ष्यका साथ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ ।

ललितपुरमा व्यवासायी शारदाप्रसाद अधिकारीको निवासमा सुरु भएको बैठक सकिए लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिको बैठकमा पार्टी एकताको ठोस खाका तयार पार्ने विश्वास लिइएको छ ।

एकतालाई अन्तिम रुप दिन विगत तीन दिनदेखि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच नियमित जसो छलफल भइरहेको छ । एकता अन्तिम चरणमा पुगेको नेताहरुले बताउँदै आएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको