अर्थ संसार, काठमाडौँ – नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
ललितपुरको मानभवनमा एक व्यावसायीको घरमा भर्खर सुरु भएको बैठकमा पार्टी एकतालाई अन्तिम रुप दिने तयारी गरिएको छ ।
पार्टी एकतालाई अगाडि बढाउन आजै उमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्ला एक्लै छलफल भएको थियो । आजै दुवै पार्टीको शीर्ष नेताको बैठक समेत बसेको थियो । एमाले स्थायी समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गरेको छ । भने माओवादी केन्द्रले एकताको अन्तिम निर्णय गर्ने जिम्मा दिएको छ ।
बैठकमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम महासचिव ईश्वर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
एमालेको आजै बसेको बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस