Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ भिडियो सार्वजनिक

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १२ : ०६ मा प्रकाशित

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ भिडियो सार्वजनिक

शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ । भिडियोमा एक जिम्मेवार डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाइएको छ । जसले जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज सन्देश दिएको छ ।

यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यस्ता भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखिएको शिवम् सिमेन्टले जनाएको छ । त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सतर्कताको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

तेस्रो भिडियोमा जीवनका हरेक सेकेन्डको महत्वलाई दर्शाइएको थियो । जसमा दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई जोडेर ‘समयको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिइएको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ । ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धान्तलाई दर्शाउँछ । कम्पनीले गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार एनएस क्वालिटी अवार्ड २०१९ समेत प्राप्त गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको