Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा देलान त ?

विहीबार, ०३ फागुन २०७४, ०९ : ०७ मा प्रकाशित

आज प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा देलान  त ?

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।

देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुुहुनेछ,’ परियारले भने ।

बुधबार नै मन्त्रिपरिषद्को बैठक बस्ने र प्रधानमन्त्रीले राजीनामा दिने तयारी भए पनि बिहीबारका लागि सारिएको उनले बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्न ढिलाइ गरेका कारण बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो ।

आयोगले निर्वाचन परिणाम बुझायो

आयोगले १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आयोगले बुधबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहका बीच निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

अब सरकार गठन प्रक्रिया अघि बढ्छ स् राष्ट्रपति

निर्वाचन परिणाम प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएकी छिन् । उनले निर्वाचन परिणाम प्राप्त भइसकेकाले सरकार गठन प्रक्रिया सुरु हुने बताएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको