अर्थ संसार, जनकपुरधाम– प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेसँगै प्रदेश २ मा प्रदेशसभाका मर्यादापालकको नयाँ ड्रेसकोर्ड तय भएको छ ।
पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय भएको हो । गत सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकको ड्रेस कोर्ड निर्धारण गरेको प्रदेशसभा सदस्य मनिष सुमन बताए ।
सुमनका अनुसार गर्मीमा दौरा सुरुवाल लगाउन नसकिन्न भएकोले कोट र सारी लगाउने निर्णय गरिएको हो ।प्रदेशसभाको पहिलो बैठक मर्यादापालकहरु आफू खुसी सर्टपाइन्ट–स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालको ड्रेसमा पुगेका थिए ।
उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो ।संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुनु राम्रो हुने चौतर्फि आवाज उठेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस