Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १४ : ४४ मा प्रकाशित

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

जेनजि समूहको सिफारिसअनुसार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रधान्यायाधीश प्रकाशमान सिंहको नेतृत्वमा बसेको संवैधानिक इजलासले कार्कीको प्रधानमन्त्री नियुक्तिको कारणबारे सोधपुछ गरेपनि रिटमाथि तत्काल रोक लगाउने आदेश जारी गरिएको छैन।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउनु संविधान विपरीत भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। उनका अनुसार, वर्तमान संविधान अनुसार पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई प्रधानमन्त्री बन्न नदिने प्रावधान छ।

राष्ट्रपतिबाट भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ शपथ लिएकी कार्कीको हकमा रिट निवेदनले नियुक्तिकर्ता र नियुक्त भएका दुवै पक्षबाट संविधानको धारा ७६ र १३२(२) को उल्लंघन भएको दाबी गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको