जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको छ। आन्दोलनको घोषणा गर्दै अनुमति माग्न प्रशासन पुगेको जेनजी समूहको टोलीलाई सार्वजनिक शान्ति–सुरक्षालाई ध्यानमा राख्दै प्रदर्शनको अनुमति दिन नसकिने प्रशासनले जनाएको हो।
सोमबार (पुस ७) जेनजीका विभिन्न समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका थिए। तर प्रशासनले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिएको स्पष्ट पारेको छ। यसअघि आइतबार (पुस ६) आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नलिई नै सडकमा उत्रिने उद्घोष गरेका थिए। सोही घोषणापछि सोमबार उनीहरू अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन्।
जेनजी समूहले सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने जनाएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस