Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : १५ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि क्यासब्याक अफर सार्वजनिक गरेको छ। अब बीमाशुल्क भुक्तानी ई–सेवा र खल्तीमार्फत गर्ने ग्राहकले विशेष सुविधा पाउने भएका छन्।

कम्पनीका अनुसार, बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्। यो अफर असोज १ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म लागू हुने छ। कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको