डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बिबाद समाधान तर्फ अघि बढेको देखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा भएको छलफलपछि उद्योगहरूले बिद्युत् प्रयोगको पहिलो किस्ता बापतको रकम तिर्न थालेका हुन् ।
महासंघको मध्यमार्गी समाधानको उपाए पछि हालसम्म ९ उद्योगले पहिलो किस्ता बापतको रकम बुझाएका छन् । पहिलो किस्ता बुझाएका उद्योगीको विद्युत् लाइन समेत जोडिएको छ । ती ९ उद्योगहरूमा भलवारि स्वचालित उद्योग, एसआर फुड्स, एसआर स्टिल, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फूड्स र गोयन्का फूड्स रहेका छन् ।
बुधवार मात्रै घराना फुड्स र गोयन्का फुड्सले पहिलो किस्ता बापतको रकम भुक्तानी गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार घराना फुड्सले १ करोड ८७ लाख ६९ हजार र गोयन्का फुड्सले १ करोड ४७ लाख ६७ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस