सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई तिर्नु पर्ने बक्यौतामध्ये पहिलो किस्ताको रकम तिरेको छ । कम्पनीले पहिलो किस्ताको रकम तिर्नासाथ प्राधिकरणले विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार रिलायन्सले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता महसुल बिहीबार बुझाएको हो । रिलायन्स स्पिनिङ मिल्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ ।
यो उद्योगको कुल बक्यौता रकम ७५ करोड ३७ लाख रुपैयाँ रहेको छ । उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको र पहिलो किस्ताका रूपमा २ करोड ७७ लाख रुपैयाँ बुझाइएको प्राधिकरणले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस