पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यसपालि कम्पनीले विद्युत बिक्री आम्दानी केही घटेपनि खर्चमा प्रभावकारी नियन्त्रण गर्न सफल भएको देखिन्छ।
विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ६२ लाख रुपैयाँबाट घटेर ६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, अघिल्लो आवमा ६ करोड ८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले यसपटक खर्च घटाउँदै ५ करोड ६२ लाख रुपैयाँमा सीमित गर्न सफल भएको छ। खर्च घटेकै कारण विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको नाफा बढेको हो।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड ९२ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ। कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने तरलता अनुपात ०.५१ प्रतिशत रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस