बिबिसी
भारतको तमिलनाडू राज्यकी मुख्यमन्त्री जयललिताको मृत्युसँगै उनको सम्पत्तिको चर्चा सुरु भएको छ । अकुत सम्पत्ति आर्जन मुद्दामा जेल समेत परेकी जयललिता आखिर रित्तो हात गइन् । आखिर सम्पत्ति भएर के हुने रहेछ र ? ६८ बर्षकी जयललिता करोडौंको सम्पति, लाखों समर्थक र अन्नाद्रमुक पार्टीलाई छाडेर गइन् ।
अहिले भारतमा उनको कति सम्पत्ति छ र त्यो कसले पाउने छ भन्ने कुराको चर्चा भइरहेको छ । अहिले उनको कानुनी रुपमा कोही उत्तराधिकारी छन्, छैनन् भन्ने स्पष्ट भएको छैन । सन् २०१६ को विधानसभा चुनावका दौरान जयललिताले चेन्नइका डा. राधाकृष्णन नगर विधानसभा क्षेत्रबाट चुनाव लडेकी थिइन् । विधानसभा चुनावका दौरानमा भरेको विवरण अनुसार जयललिताको कुल संपत्तिको मूल्य भारतीय रुपैयाँ १ अर्ब १३ करोड़ थियो ।
विवरण भरेका बेला जयललितासँग ४१ हजार रुपैयाँ नगद थियो । यसबाहेक बैंक खातामा १० करोड़ त्रिसठ्ठी लाख रुपैयाँ जम्मा थियो । जयललिताको सम्पत्तीमा २७ करोड़ रुपैयाँभन्दा बढी बंड, डिबेंचर र कम्पनिहरुमा शेयर थियो । यद्यपि अनौठो कुरा जयललिताले आफ्नो बीमा गरेकी छैनन् ।
चल सम्पत्तिमा जयललितासँग दुई टोयटा प्राडो एसएयुवी, एक कन्टेसा, एक एम्बेसडर, महिंद्रा बोलेरो र महिन्द्रा जिपसहित नौ गाडी छन् । तिनको बजार मूल्य करिब ४२ लाख रुपैयाँ बताइएको छ । जयललितासँग केही गहना छ । उनले निर्वाचनका बेला भरेको संपत्ति विवरणका अनुसार जयललितासँग करिब २१ किलो सुन थियो । त्यो सुन कर्नाटकको राजस्व विभागले जफत गरेको थियो ।
यसबाहेक जयललितासँग १ हजार २ सय ५० किलोग्राम चांदीका गरगहना थिए । यसको बजार मूल्य ३ करोड़ १२ लाख ५० हजार रुपैयाँ बताइएको छ । अर्थात सबै मिलाएर जयललितासँग ४१ करोड़ रुपैयाँभन्दा बढी चल सम्पत्ति छ । अर्को रमाइलो कुरा जयललिताका २५ बैंक खाता छन् । यसमा आम्दानीभन्दा धेरै सम्पत्ति जम्मा गरेको मद्दामा जयाललिताका सात एकाउन्ट फ्रिज गरिएका छन् ।
जयललिताा ६ बैंक खातामा १/१ करोडभन्दा धेरै रकम छ । उनका अरु दुई खातामा ९९ लाखका दरले १ करोड लाख रूपयाँभन्दा धेरै छ । अचल संपत्तिका हिसाबले जयललिता पोएस गार्डेनमा बस्थिन । यो उनको आफ्नै निवास हो, जुन करीब २४ हजार वर्गफिटमा फैलिएको छ । यसको भवन बनाइएको क्षेत्र २१ हजार र वर्गफिटभन्दा केही धेरै छ । यसको बजर मूल्य लगभग ४४ करोड़ रुपैयाँ बताइएको छ ।
यो भवन जयललिताले आफनी आमाका साथ वर्ष १९६७ मा करिब १ लाख ३२ बजार रुपैयाँमा खरिद गरेकी थिइन् । यसका अलाबा जयललिताको अचल सम्पत्तिमा चार ब्याबसायिक भवन पनि समावेश छन् । यिनको अलाबा खेतीको नाममा जयललितासँग लगभग १५ एकडको एक प्लट तेलंगानाको हैदराबादमा छ । यसका मूल्य करिब १५ करोड़ रुपैयाँ भनिएको छ । यो प्लट पनि जयललिताले आफ्नी आमाकै साथ सन १९६८ मा किनेकी थिइन् ।
जयललिताको नाममा तमिलनाडुको कांचीपुरम जिल्लामा लगभग चार एकडको प्लट पनि छ । जसका बजÞार मूल्य ३४ लाख रुपयाँभन्दा धेरै छ । जयललिताको कुल अचल सम्पत्ति लगभग ७२ करोड़ रुपैयाँको छ । चल र अचल सम्पत्तिलाई मिलाएर जयललिताको कुल सम्पत्ति १ सय १३ करोड (१ अर्ब ८० करोड नेपाली रुपैयाँ) भन्दा बढी हुन्छ । उल्लेख गर्न लायकको कुरा के छ भने जयललिताले आफ्नो चुनावी विवरणपत्रमा आफ्नो पेशा कृषि उल्लेख गरेकी छन् ।
उसो त जयललिताको २ करोड ४ लाख रुपैयाँ ऋण पनि छ । उनले यो ऋण भारतीय बैंकबाट लिएकी थिइन् । जयललिताले बैंकको कुल १ करोड ३९ लाख रुपैयाँ ऋण लिएकी थिइन् । यसको ब्याजसमेत चुनाव लड्Þने बेला २ करोड ४ लाख रुपेयाँ भयो । बीबीसीको तमिल सेवाका अनुसार जयललिताले कुनै बसियत नामा थियो कि थिएन भन्ने खुलेको छैन । त्यसैले अहिले सबैभन्दा ठूलो प्रश्न यही छ कि जयललिताको सम्पत्तिमा कसको हक लाग्ने छ ? कानुनी रूपबाट शशिकला र उनका परिवार जयललिताको सम्पत्तिमा आफ्नो दावी गर्न सक्दैनन् ।
जयललितामाथि सन् १९९६ मा भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले आम्दानीभन्दा धेरै सम्पत्ति राखेको मुद्दा दर्ता गराएका थिए । त्यसको १८ बर्षपछि बैंगलुरुको विशेष अदालतले २७ सेप्टेम्बर १९१४ मा उनलाई दोषी ठहर्याउँदै ४ बर्षको कैद र १ अर्ब रुपैयाँ जरिमानाको सजायँ सुनाएको थियो ।
उनीमाथि सन् १९९१–१९९६ का बीच पहिलो पटक मुख्यमंत्री पदमा रहँदा लगभग ६७ करोड़ रुपैयाँ सम्पत्ति जम्मा गरेको आरोप थियो । पछि ११ मे, २०१५ मा कर्नाटक हाईकोर्टले उनलाई यस मुद्दाबाट सफाइ दिएको थियो । जयललिता आफ्नो तीन दशक लामो राजनीतिक जीवनमा ६ पटक मुख्यमन्त्री निर्वाचित भइन्।
सन् १९९५ मा छोरा सुधाकरणको बिहेको पार्टीलाई लिएर उनको ठूलो आलोचना भएको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा समावेश भएको यो बिहेमा उनले १ लाख ५० हजार व्यक्तिलाई आमन्त्रण गरेकी थिइन्। यो बिहेलाई लिएर विपक्षीले ठूलो हंगामा गरेको थियो। जसका कारण उनले विशेष अदालतमा पुगेर बिहेको सम्पूर्ण खर्च दुलहीतर्फबाट गरिएको स्पष्टीकरण दिनु परेको थियो।
जयललिता बुढ्यौली उमेरमा पनि चिटिक्क सजिएर बस्न रुचाउँथिन्। साडीअनुसारको स्यान्डलु र घडी लगाउने उनको पुरानै सोख थियो। सन् १९९६ मा आयकर विभागले छापा मार्दा उनको घरबाट हजारभन्दा बढि साडी र आठ सयको हाराहारीमा स्यान्डल फेला परेको थियों। यस्तै, २ सयको हाराहारीमा बहुमुल्य घडी पनि फेला परेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस