Like us!
Follow us!
Connect us!
Watch us!

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्कासनको अनुमति, १२ करोड इकाइ बिक्री हुने

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ०७ : ५५ मा प्रकाशित

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्कासनको अनुमति, १२ करोड इकाइ बिक्री हुने

ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा आउन लागेको नयाँ योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ ले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इकाइ निष्कासनको अनुमति पाएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाइ निष्कासन गर्न अनुमति प्राप्त गरेको हो। सोअनुसार, कम्पनीले १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाइ सार्वजनिक रूपमा निष्कासन गर्नेछ।

यस योजनाको कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने इकाइ बिक्री तथा निष्कासन प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल ले लिएको छ।

अब नियामक निकायबाट अनुमति पाइसकेकोले, कम्पनीले चाँडै सार्वजनिक निष्कासनको मिति तोकी आवेदन प्रक्रिया सुरु गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको