नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकका पूर्व डेपुटि गभर्नर चिन्तामणी सिवाकोटीको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डको सञ्चालक समिति बैठकले सो प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
प्रतिवेदनअनुसार नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने कार्य र नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने कार्य सँगसँगै अघि बढाउनु पर्नेछ । सोहीअनुसार स्टक एक्स्चेन्जलाई बोर्डले पुनर्संरचनाका लागि पत्र पठाइसकेको छ । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका सम्बन्धमा कार्ययोजना तयार भएको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस