Like us!
Follow us!
Connect us!
Watch us!

जुजु धौ दही गुणस्तरीय छ, भ्रमको नलाग्नुस् - खाद्य विभाग

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १३ : ०२ मा प्रकाशित

जुजु धौ दही गुणस्तरीय छ, भ्रमको नलाग्नुस्  - खाद्य विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको व्यासीमा रहेका जुजु धौ उद्योगमा अनुगमन गरि भ्रामक तथा तथ्यहिन भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट नगर्न सबैमा सचेत गराएको छ ।

पछिल्लो समय सामाजिक सन्जालमा भिडियो मार्फ जुजु धौमा अखाध् वस्तुहरुको मिलावट रहेको भन्दै प्रचारप्रसार हुन थालेपछि विभाग र जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिहरुको संयुक्त टोलीले अनुगमन गरेको थियो । 

स्थलगत रुपमै दहीमा अखाद्य वस्तुहरु टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु मिसिएको वा नमिसिएको परिक्षण गरिएकोमा कुनै पनि अखाध्य वस्तु फेला नपरेको विभागले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

केहि समय यतादेखि विभिन्न सामाजिक सञ्जालमार्फत केहि समूहले जुजु धौ दहीमा टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरु समिश्रण गरेको भन्दै भ्रम छर्ने गतिविधि भइरहेको जनाउँदै विभागले त्यस्तो भ्रमको पछि नलाग्न र भ्रमसमेत नछर्न आग्रह गरेको छ ।  विभाग, जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासंघका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित लक्ष्मी दही भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी तथा जुजुधौ उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरुको निरीक्षण तथा अनुगमन गरेको थियो ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको