Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजार र बन्दीपुर केबलकार बीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १६ : ५६ मा प्रकाशित

बिजबजार र बन्दीपुर केबलकार बीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा

नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बजार प्रवर्द्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। २०८२ साल जेठ २१ गते सम्पन्न उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार, बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशत छुट पाउनेछन् भने बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद गर्दा फ्ल्याट १५ प्रतिशत छुटको सुविधा प्राप्त गर्नेछन्।

उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको