Like us!
Follow us!
Connect us!
Watch us!
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन

हिम स्टार ऊर्जाको पहिलो चरणको आईपीओ जेठ ३० गतेदेखि

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, ०६ : ५५ मा प्रकाशित

हिम स्टार ऊर्जाको पहिलो चरणको आईपीओ जेठ ३० गतेदेखि

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले पहिलो चरणको साधारण सेयर (आईपीओ) आगामी जेठ ३० गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशत हिस्सा अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सेयर
यस अन्तर्गत ५ प्रतिशत सेयर अर्थात् १ लाख ८६ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि छुट्याइएको छ। सो सेयर ओखलढुंगा जिल्लाको जिजिदेम्बा गाउँपालिका वडा नं. ८ (पूर्व भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ (पूर्व गोली गाविस वडा नं. १, २, ३, ४, ५) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २५ प्रतिशत सेयर
त्यसैगरी, कम्पनीले  ९ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने
दुवै श्रेणीका लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा असार १३ गते र ढिलोमा असार २९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ।

कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित सेयर
यस आईपीओमा कम्पनीले ७० हजार ९१० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ।

सर्वसाधारणका लागि दोस्रो चरणमा बाँकी सेयर खुला हुने
बाँकी रहेका २९ लाख ४२ हजार ७६० कित्ता सेयर कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
यस सेयर निष्कासन तथा बिक्रीको व्यवस्थापन एनआइसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको