सान्भि इनर्जी डेभलपमेन्ट लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट यही आउँदो सोमबार, जेठ २६ गते हुने भएको छ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार, बाँडफाँटको मिति तोकिए पनि समय भने हालसम्म तय गरिएको छैन।
आईपीओमा माग अत्यधिक रहेकाले आवेदनकर्ताहरूको अधिकांश हिस्सा सेयर नपाउने निश्चितजस्तै देखिएको छ। कम्पनीको सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका छन्। यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी हो।
गोलाप्रथाबाट हुने बाँडफाँटमा २ लाख ४१ हजार ५३० जना मात्रले सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली रहनेछ।
सान्भिले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।
यसबाहेक, केयर रेटिङ्स नेपालले कम्पनीलाई “CARE-NP BB+ (Issuer)” रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत स्तरमा रहेको संकेत हो। केयर नेपालले यो रेटिङ २०८१ पुस ११ गते प्रदान गरेको हो, जुन २०८२ फागुन १५ गतेसम्म मान्य हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस