बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन करिब साढे ६९ खर्ब नजिक पुगेको छ ।
नेपाल राष्ट्र बैंकको जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब ४५ अर्ब पुगेको हो ।
उक्त रकम हाल सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थले संकलन गरेको निक्षेप रकम हो । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्रै ६२ खर्ब भन्दा माथि रहेको छ । जेठ २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६२ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ३१ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ ।
अहिले बैंकहरुको सीडी रेसियो ७८.७८ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
अहिले बैंकमा अधिक तरलताको अवस्था रहेकाले केन्द्रीय बैंकले नियमित रुपमा बैंकहरुबाट रकम उठाइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस