Like us!
Follow us!
Connect us!
Watch us!

चालु खाता २३७ र शोधनान्तर स्थिति.२६४ अर्बले बचतमा

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १४ : ०९ मा प्रकाशित

चालु खाता २३७ र शोधनान्तर स्थिति.२६४ अर्बले बचतमा

चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता २३७ अर्ब र शोधनान्तर स्थिति २६४ अर्बले बचेतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता रु.२३७ अर्ब ५९ करोडले बचतमा रहेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब रहेको थियो । 

यसैगरी, समीक्षा अवधिमा रु.१ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.४ अर्ब ८१ करोड रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति.२६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको