Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको आइपिओ भर्ने आज अन्तिम दिन, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, ०६ फागुन २०७४, ०८ : २७ मा प्रकाशित

कालिका पावरको आइपिओ भर्ने आज अन्तिम दिन, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–   कालिका पावर कम्पनी लिमिटेडलले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिनुभयो रु नदिएको भोली अर्थात आइतबार दिनु सक्नुहुनेछ । किन कि आज आवेदन दिने अन्तिम दिन हो ।

कम्पनीले गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि खुला गरेको ६ लाख कित्ता आइपीओ माघ २१ गते निश्कासन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख कित्ता आइपीओ बिक्री खुला  भैरहेको छ ।

आवेदन दिन पाउने गाविसहरु

आयोजना प्रभावित गोरखा जिल्लाका तत्कालीन मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का बासिन्दाहरुले ४० प्रतिशत ९२ लाख ४० हजार कित्ता० र गोरखा जिल्लाका अन्य बासिन्दाहरुले ६० प्रतिशत ९३ लाख ६० हजार कित्ता० सेयरका आगि आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 कहाँबाट आवेदन दिने ?

 लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा तथा साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् ।

यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको