देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत कमी देखिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलन घट्दै गएको देखिएको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्नसकेको छैन । चालु आर्थिक वर्षको कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँको राजस्व संकलन भएको थियो । त्यस्तै विभागको तथ्यांक अनुसार भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउन देखि कात्तिकसम्म निरन्तर रुपमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व घट्दै गएको देखिन्छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस