अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । केही वर्षदेखि बजारमा अधिक तरलताको अवस्था कायम रहँदा बैंकहरुमा तरलता थुप्रिएको हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर अहिले बैंक तथा वित्तीय संस्थाहरुको औषत सीडी रेसियो ७४.२३ प्रतिशतमा सिमित छ । अझै केही बैंकको यस्तो रेसियो ६० प्रतिशतसम्म पनि छ । केही बैंकको सीडी रेसियो भने ८० प्रतिशत भन्दा माथि छ ।
पछिल्लो तथ्यांक अनुसार ६ वटा बैंकको सीडी रेसियो ८० प्रतिशत भन्दा माथि रहेको छ भने ६ वटा वाणिज्य बैंकको सीडी रेरियो ७० प्रतिशत भन्दा तल पुगेको छ । ८० प्रतिशतभन्दा बढी सीडी रेसियो भएका बैंकहरुमा प्राइम कमर्सियल, एनएमबी, सानिमा, सिटिजन्स, कुमारी र हिमालय बैंक रहेका छन् । पछिल्लो तथ्यांक अनुसार प्राइम बैंकको सीडी रेसियो ८६.२६ प्रतिशत रहेको छ । यो सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी सीडी रेसियो हो । त्यस्तै एनएमबी बैंकको ८४.८८ प्रतिशत, सानिमा बैंकको ८३.५३ प्रतिशत र सिटिजन्स बैंकको ८२.५९ प्रतिशत रहेको छ । त्यस्तै कुमारी बैंकको सीडी रेसियो ८१.८२ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८०.४२ प्रतिशत रहेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकको सीडी रेसियो ७९.२७ प्रतिशत रहेको छ । त्यस्तै नबिल बैंकको ७९.१९ प्रतिशत, एभरेष्ट बैंकको ७८.१० प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.०५ प्रतिशत र इन्भेष्टमेन्ट मेगा बैंकको ७५.२८ प्रतिशत रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको ७४.२८ प्रतिशत, कृषि विकास बैंकको ७२.८६ प्रतिशत, एनआईसी एशिया बैंकको ६९.४२ प्रतिशत र नेपाल बैंकको ६९.९२ प्रतिशत रहेको छ । त्यस्तै नेपाल एसबीआई बैंकको सीडी रेसियो ६८.८९ प्रतिशत रहेको छ भने प्रभु बैंकको ६८.६३ प्रतिशत रहेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्डको ६६.०८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ६०.७९ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस