सरकारले सिँचाइतर्फका १९ वटा आयोजनाको बजट रोक्का गरेको छ । सरकारले १९ वटा शिर्षकहरुमा रहेका ८ अर्ब ७२ करोड रुपैयाँ रकम रोक्का गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले खुद्रे कार्यक्रम कटौती गर्ने निर्णय गरेसँगै सिँचाइका ती कार्यक्रमको बजेट रोक्का गरिएको हो । सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा जलस्रोत तथा सिँचाइतर्फका सचिव सरिता दुवाडीले कार्यक्रम रोक्का गरेको जानकारी दिएकी हुन् ।
‘मन्त्रालयको कुल बजेटमध्ये १९ वटा बजेट शिर्षकहरुमा गरेर ८ अर्ब ७२ करोड रुपैयाँ रोक्का छ,’ उनले भनिन् । त्यस्तै, कुल २५ लाख ३७ हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म १५ लाख ८६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको बताइन् । चालू आर्थिक वर्ष २०८२/०८३ मा थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिए पनि बजेट कटौतीका कारण लक्ष्यमा केही संशोधन गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस