Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, ०७ : ४९ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

यस अनुसार नेप्सेमा आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । एनआरएनले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, काठमाडौँमा बिहान ९ बजे देखि १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभाले लाभांशका साथै बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको