Like us!
Follow us!
Connect us!
Watch us!

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण, कति छ बाह्य र आन्तरिक ऋणको भार ?

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १२ : २६ मा प्रकाशित

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण, कति छ बाह्य र आन्तरिक ऋणको भार ?

सरकारको सार्वजनिक ऋणको हिस्सा २७ खर्ब नाघेको छ । सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । 
सार्बजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्मको अवधिमा  नेपालको सार्वजनिक ऋणमध्ये बाह्य हिस्सा १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ भने आन्तरिक तर्फको यस्तो ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यो सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६९ प्रतिशत हो ।

चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले सुरुका चार महिनाको अवधिमा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण परिचालन गरेको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याज हो । 

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको