Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंकले बढेर २६७०.१० विन्दुमा पुगेको हो । 

आजको उक्त सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ५ वटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५९.७२ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ६० कम्पनीका ८ हजार ६२९ कित्ता सेयर ११९ पटक खरिद बिक्री हुँदा ३६ लाख ७ हजार ९१ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको